सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (CDSC) को मिति २०८३/०२/१३ गतेको निर्णय बमोजिम मिति २०८३/०३/०१ गतेदेखि लागू हुने गरी, नयाँ हितग्राही DEMAT) खाता खोल्दा तथा हाल सञ्चालनमा रहेका हितग्राही खाताहरूको विवरण अद्यावधिक (Update) गर्दा राष्ट्रिय परिचयपत्र (National ID) नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था लागू गरिएको जानकारी गराइन्छ ।
तसर्थ, सम्पूर्ण नयाँ तथा विद्यमान ग्राहक महानुभावहरूलाई आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई हितग्राही खाताको विवरण अद्यावधिक गर्नुहुन अनुरोध गर्दछौं ।
धन्यवाद