Online Securities Limited (Broker No. 49)
ENHANCE YOUR TRADING POWER WITH
Zero Service Charge!
Leverage your securities, access greater opportunities with ZERO SERVICE CHARGE.
आफ्ना धितोपत्रको उपयोग गरी पूँजी बजारका अवसरहरू बढी लिनुहोस् र आफ्नो लगानी क्षमता बढाउनुहोस्।
TOTAL TRADING POWER 100% · कुल कारोबार क्षमता १००%
Higher Trading Power
उच्च कारोबार क्षमता
Fixed 3-Month Tenure
३ महिनाको अवधि
Competitive Rate 8.49% p.a.
प्रतिस्पर्धी दर वार्षिक ८.४९%
Regulation-Aligned
नियामकीय व्यवस्था अनुरूप
Online Securities Limited introduces its Margin Trading Facility. Investors can buy eligible securities by contributing only 30% of the investment amount, while we finance the remaining 70%, subject to applicable regulatory guidelines. Loan tenure is 3 months at an interest rate of 8.49% per annum. The facility is offered in accordance with the prevailing Margin Trading Facility Directive of SEBON and NEPSE.
अनलाइन सेक्यूरिटिज लिमिटेडले योग्य धितोपत्र खरिद गर्दा कुल लगानी रकमको ३०% मात्र आफ्नै लगानी गरे पुग्ने, बाँकी ७०% रकम कम्पनीले कर्जाका रूपमा उपलब्ध गराउने गरी मार्जिन कारोबार सुविधा सुरु गरेको छ। कर्जा अवधि ३ महिना र ब्याजदर वार्षिक ८.४९% रहेको छ।
Maximum Facility
अधिकतम सुविधा
Up to NPR 2 Crore
रु. २ करोडसम्म
Loan Tenure
कर्जा अवधि
3 Months
३ महिना
Interest Rate
ब्याजदर
8.49% per annum (about 0.7075% per month), payable upfront and non-refundable
वार्षिक ८.४९% (मासिक करिब ०.७०७५%), अग्रिम भुक्तानी गर्नुपर्ने र फिर्ता नहुने
Initial Margin
प्रारम्भिक मार्जिन
30% of the Margin Trading Facility value
कुल मार्जिन कारोबार सुविधाको ३०%
Maintenance Margin
सम्भार मार्जिन
Minimum 20% must be maintained throughout the tenure
कर्जा अवधिभर कम्तीमा २०% कायम राख्नुपर्ने
Eligible Securities
योग्य धितोपत्र
Scripts on the NEPSE-approved margin trading list
नेपाल स्टक एक्सचेञ्जले स्वीकृत गरेका सूचीकृत धितोपत्र
Initial Margin (30%)
प्रारम्भिक मार्जिन (३०%)
6,00,000
14,70,000
Broker Loan (70%)
कर्जा रकम (७०%)
14,00,000
34,30,000
Interest for 3 Months (8.49% p.a.)
३ महिनाको ब्याज (वार्षिक ८.४९%)
29,715
72,801.75
Duration · अवधि
3 Months · ३ महिना
All amounts in NPR. Interest = Loan Amount × 8.49% × 3/12. · सबै रकम नेपाल रुपैयाँमा। ब्याज = कर्जा रकम × ८.४९% × ३/१२।
READY TO GROW YOUR INVESTMENT?
आफ्नो लगानी बढाउन तयार हुनुहुन्छ?
Contact our office today · आजै सम्पर्क गर्नुहोस्
98512363049 (whatsapp/Viber)
Tel.: 015970049
www.onlinesecurities.com.np
Example (20 Lakh facility, 3 months) · उदाहरण (२० लाखको सुविधा, ३ महिना)
Targeted investment NPR 20,00,000 · Initial margin (30%) NPR 6,00,000 from the client · Loan (70%) NPR 14,00,000 from Online Securities Limited.
लक्षित लगानी रु. २०,००,००० · प्रारम्भिक मार्जिन (३०%) रु. ६,००,००० ग्राहकको आफ्नै रकम · कर्जा (७०%) रु. १४,००,००० कम्पनीबाट।
Client's Initial Margin (30%)
ग्राहकको प्रारम्भिक मार्जिन
6,00,000
Margin Loan
मार्जिन कर्जा
14,00,000
Total Investment Value
कुल लगानी मूल्य
20,00,000
Current Market Value
हालको बजार मूल्य
18,00,000
Outstanding Loan
बाँकी कर्जा
14,00,000
Remaining Client Margin
ग्राहकको बाँकी मार्जिन
4,00,000
Step 1: Initial Margin · चरण १: प्रारम्भिक मार्जिन
The client deposits NPR 6,00,000 and Online Securities Limited credits the NPR 14,00,000 loan, giving purchasing power of NPR 20,00,000 immediately.
ग्राहकले रु. ६,००,००० जम्मा गरेपछि कम्पनीले बाँकी रु. १४,००,००० कर्जा उपलब्ध गराउँछ, जसपछि ग्राहकले तुरुन्तै रु. २०,००,००० बराबरको योग्य धितोपत्र खरिद गर्न सक्छन्।
Step 2: Maintenance Margin · चरण २: सम्भार मार्जिन
Clients must keep equity of at least 20% of the current market value. Margin = 4,00,000 ÷ 18,00,000 × 100 = 22.22%. Required margin = 20% × 18,00,000 = 3,60,000. Since 4,00,000 is greater than 3,60,000, the requirement is met.
ग्राहकले बजार मूल्यको कम्तीमा २०% सम्भार मार्जिन कायम राख्नुपर्छ। मार्जिन = ४,००,००० ÷ १८,००,००० × १०० = २२.२२%। आवश्यक मार्जिन = २०% × १८,००,००० = ३,६०,०००। ४,००,००० ले ३,६०,००० भन्दा बढी भएकाले सम्भार मार्जिनको शर्त पूरा भएको छ।
Result: No Margin Call · नतिजा: मार्जिन कल हुँदैनStep 3: Margin Call · चरण ३: मार्जिन कल
If margin falls below 20%, a Margin Call is generated by SMS, Email or TMS notification. The client must add funds or eligible securities before 11:00 AM on the next trading day. In this example a margin call is triggered when the portfolio value falls below NPR 17,50,000 (14,00,000 ÷ 0.80).
मार्जिन २०% भन्दा कम भएमा एसएमएस, इमेल वा टीएमएस सूचनामार्फत मार्जिन कल स्वतः जारी हुन्छ। ग्राहकले अर्को कारोबार दिन बिहान ११:०० बजेसम्म थप रकम वा योग्य धितोपत्र जम्मा गर्नुपर्छ। यस उदाहरणमा पोर्टफोलियोको मूल्य रु. १७,५०,००० (१४,००,००० ÷ ०.८०) भन्दा कम भएमा मार्जिन कल जारी हुन्छ।
Step 4: Forced Liquidation · चरण ४: अनिवार्य बिक्री
If the margin is not restored, or actual margin falls to 15% or below (about NPR 16,47,059 in this example), a "Force Sell" is executed without further notice to recover the loan, on a First-In, First-Out (FIFO) basis.
मार्जिन पुनःस्थापना नभएमा वा वास्तविक मार्जिन १५% वा सोभन्दा कम (यस उदाहरणमा करिब रु. १६,४७,०५९) भएमा थप सूचना बिना कर्जा असुल गर्न "फोर्स सेल" गरिनेछ। बिक्री पहिले खरिद गरिएको पहिले बिक्री (FIFO) आधारमा हुनेछ।
Single Script Limit: You cannot invest more than 33% of your total margin limit in a single company.
एउटै कम्पनीमा अधिकतम लगानी सीमा: कुल स्वीकृत मार्जिन सीमाको ३३% भन्दा बढी रकम एउटै कम्पनीको शेयरमा लगानी गर्न पाइँदैन।
Correction Period: If market movement takes a single script above 33% of your portfolio, sell the excess within 3 trading days.
सुधार अवधि: बजार मूल्य परिवर्तनले कुनै एक कम्पनीको अनुपात ३३% भन्दा बढी भएमा ३ कारोबार दिनभित्र थप हिस्सा बिक्री गर्नुपर्छ।
Complete the documentation in person at our Head Office or any branch. · कम्पनीको प्रधान कार्यालय वा कुनै पनि शाखा कार्यालयमा उपस्थित भई कागजात तथा प्रक्रिया पूरा गर्नुपर्छ।
1. Forms · फारम
Margin Loan Application and updated KYC forms
मार्जिन कर्जा आवेदन फारम तथा अद्यावधिक KYC फारम
2. Identification · परिचयपत्र
CIC clearance letter (non-blacklist)
CIC बाट कालोसूचीमा नरहेको प्रमाणपत्र
Citizenship Certificate and National ID
नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र
PAN Card · 3 passport-size photos
PAN कार्ड · ३ प्रति पासपोर्ट साइजको फोटो
3. Regulatory Declarations · नियामकीय घोषणा
Signed Self-Declaration on margin trading risks
मार्जिन कारोबारको जोखिम बुझी स्वीकार गरेको स्वघोषणा
Cross-broker declaration of margin use elsewhere
अन्य ब्रोकर वा संस्थाबाट लिएको सुविधाको घोषणापत्र
4. Account Setup & Legal · खाता तथा कानुनी कागजात
Open Margin DEMAT and Margin Trading accounts
मार्जिन डिम्याट र मार्जिन कारोबार खाता खोल्ने
Sign Loan Agreement, Margin Loan Deed, Promissory Note and Power of Attorney (POA)
कर्जा सम्झौता, मार्जिन कर्जा लिखत, प्रतिज्ञापत्र र अख्तियारनामामा हस्ताक्षर
READY TO GROW YOUR INVESTMENT?
आफ्नो लगानी बढाउन तयार हुनुहुन्छ?
Visit our Office or branch · प्रधान कार्यालय वा नजिकको शाखामा सम्पर्क गर्नुहोस्
98512363049 (whatsapp/Viber)
Tel.: 015970049
www.onlinesecurities.com.np
Bonus Shares: automatically treated as collateral in the margin account and valued at market price after book closure.
बोनस शेयर: धितोमा रहेका शेयरबाट प्राप्त बोनस शेयर स्वतः मार्जिन खातामा धितोका रूपमा समावेश हुन्छ र बुक क्लोजपछिको बजार मूल्यमा मूल्याङ्कन गरिन्छ।
Rights Shares: if a price adjustment causes a margin shortfall, you are notified at least 7 days before book closure. Deposit the shortfall or fund the rights purchase; otherwise securities may be sold to maintain the margin.
हकप्रद शेयर: मूल्य समायोजनले मार्जिनमा कमी आएमा बुक क्लोजभन्दा कम्तीमा ७ दिन अगाडि सूचना दिइनेछ। ग्राहकले थप मार्जिन जम्मा गर्नुपर्छ वा हकप्रद शेयर खरिदको रकम उपलब्ध गराउनुपर्छ; अन्यथा मार्जिन कायम गर्न धितोपत्र बिक्री हुन सक्छ।
Removal of Scripts: if a held company is removed from the eligible list, settle the loan for that script or maintain 100% margin (no loan) within 30 trading days.
योग्य सूचीबाट शेयर हटाइएमा: ३० कारोबार दिनभित्र सम्बन्धित शेयरको कर्जा चुक्ता गर्नुपर्छ वा १००% आफ्नै लगानी कायम गर्नुपर्छ।
Blacklisting: if the client is blacklisted by CIC during the tenure, the company may sell securities to recover the loan.
कालोसूची: कर्जा अवधिभित्र ग्राहक CIC को कालोसूचीमा परेमा कम्पनीले कर्जा असुलीका लागि धितोपत्र बिक्री गर्न सक्छ।
Succession: on the client's death, margin liabilities pass to the legal heirs, who must settle the loan before securities are released.
उत्तराधिकार: ग्राहकको मृत्यु भएमा दायित्व कानुनी हकवालामा सर्नेछ र धितोपत्र फुकुवा गर्नुअघि हकवालाले कर्जा चुक्ता गर्नुपर्छ।
Recovery Penalties: if a force-sell does not cover the full loan, a penalty of up to 3% may be charged on the remaining balance.
कर्जा असुली तथा जरिवाना: अनिवार्य बिक्रीबाट पूरा कर्जा असुल नभएमा बाँकी रकममा अधिकतम ३% सम्म जरिवाना लाग्न सक्छ।
What is Margin Trading Facility? · मार्जिन कारोबार सुविधा भनेको के हो?
A loan facility that lets investors buy shares by contributing only a portion of the total amount, while Online Securities Limited finances the rest.
लगानीकर्ताले कुल लगानीको एक अंश मात्र आफ्नै स्रोतबाट लगाई बाँकी रकम कम्पनीका कर्जाका रूपमा लिएर शेयर खरिद गर्न सक्ने कर्जा सुविधा।
How does it differ from a bank or financial institution margin loan? · बैंक तथा वित्तीय संस्थाको कर्जासँग फरक के छ?
Banks require you to buy shares with your own funds first, then pledge them, and typically lend up to 70% on the lower of the 180-day average price or LTP. Under the broker facility you contribute 30% upfront and buy immediately, with margin calculated on LTP.
बैंकमा पहिले आफ्नै रकमले शेयर खरिद गरी धितो राख्नुपर्छ र १८० दिनको औसत मूल्य वा LTP मध्ये कम मूल्यमा कर्जा पाइन्छ। ब्रोकर सुविधामा ३०% प्रारम्भिक मार्जिन दिएपछि तुरुन्तै शेयर खरिद गर्न सकिन्छ र मार्जिन LTP मा गणना हुन्छ।
Who is eligible? · को योग्य छन्?
Individuals who are not minors and are not blacklisted by the Credit Information Centre.
नाबालिग नभएका र CIC को कालोसूचीमा नरहेका व्यक्ति।
Which scripts can be purchased? · कुन शेयर खरिद गर्न सकिन्छ?
Only companies on the NEPSE margin-trading eligible list: nepalstock.com/margin-securities
नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबारका लागि स्वीकृत गरेका कम्पनीका शेयर मात्र।
What is the interest rate? · ब्याजदर कति हो?
8.49% per annum. Interest for the 3-month tenure is paid upfront and is not refundable.
वार्षिक ८.४९%। ३ महिनाको ब्याज अग्रिम भुक्तानी गर्नुपर्ने र फिर्ता नहुने।
Can I repay early? · के म अगावै कर्जा चुक्ता गर्न सक्छु?
Yes, partially or fully at any time.
सकिन्छ, आंशिक वा पूर्ण रूपमा जुनसुकै समयमा।
Can the loan be renewed? · के कर्जा नवीकरण गर्न सकिन्छ?
Yes. But the loan must be settled within the agreed period. A new loan requires a fresh application and all procedures applicable at that time, and the renewal charge is FREE.
सकिँदैन। सहमत अवधिभित्र कर्जा चुक्ता गर्नुपर्छ। पुनः सुविधा चाहिएमा नयाँ आवेदन दिई लागू हुने सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ।
Can the initial margin be withdrawn before settlement? · अन्तिम हिसाबअघि प्रारम्भिक मार्जिन फिर्ता लिन सकिन्छ?
No. Only additional margin or shares added after a margin call can be withdrawn if the market price rises.
सकिँदैन। मार्जिन कलपछि थप जम्मा गरिएको रकम वा धितो बजार मूल्य बढेमा मात्र फिर्ता लिन सकिन्छ।
Final Disclaimer · अन्तिम अस्वीकरण
This guide gives general information on the Margin Trading Facility based on prevailing laws and regulations, which may be revised. It is not investment advice, a recommendation to buy or sell securities, or a guarantee of returns. Margin trading carries the potential for profit and the risk of loss. Please understand all terms and obligations and assess your risk-bearing capacity before using the facility.
यो मार्गदर्शन सामान्य जानकारीका लागि तयार गरिएको हो र प्रचलित कानुन तथा नियमहरू आधारित छ, जुन समय–समयमा परिमार्जन हुन सक्छ। यसलाई लगानी परामर्श, धितोपत्र खरिद–बिक्रीको सिफारिस वा प्रतिफलको ग्यारेन्टी मानिनु हुँदैन। मार्जिन कारोबारमा नाफाको सम्भावनासँगै जोखिम पनि हुने भएकाले सुविधा प्रयोग गर्नुअघि सबै शर्त, जोखिम तथा दायित्व बुझी आफ्नो वित्तीय अवस्था र जोखिम वहन गर्ने क्षमताको मूल्याङ्कन गर्नुहोस्।
READY TO GROW YOUR INVESTMENT?
आफ्नो लगानी बढाउन तयार हुनुहुन्छ?
Visit our Office or branch · प्रधान कार्यालय वा नजिकको शाखामा सम्पर्क गर्नुहोस्
98512363049 (whatsapp/Viber)
Tel.: 015970049
www.onlinesecurities.com.np