We are Open : Sunday - Friday/ 10:00AM - 5:30PM

news & events

अनलाइन सेक्युरिटिज (ब्रोकर नम्बर ४९) द्वारा कैलालीमा पूँजीबजार र अर्थतन्त्र बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

अनलाइन सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४९) ले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कैलाली जिल्लाको धनगढीमा प्राज्ञिक बिद्यार्थी परिषद नेपालद्वारा आयोजित नवौं राष्ट्रिय अधिवेशनमा पूँजीबजार र अर्थतन्त्र बिषयमा अधिवेशनमा उपस्थित सहभागीको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछानेले चैत्र १८ गते साझ ६ बजेपछि प्रशिक्षण दिनुभएको थियो। 

कार्यक्रममा नेपालका ७७ रै जिल्लाका प्रतिनिधिको सहभागीता थियो र कार्यक्रममा सेयर बजारले कसरी अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी प्रस्तुतकर्ता द्वयले सहभागी सामु राख्नु भएको थियो।

करिब २ घण्टा धनगढीको ओम पार्टी प्यालेसमा भएको कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवालले दिनु भएको थियोI

त्यसैगरी, अनलाइन सेक्युरिटिजले चैत्र १९ गते संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ऐश्वर्य बहुमुखी क्याम्पसमा MBS प्रथम तथा तेस्रो सेमेस्टर अध्यनरत बिद्यार्थीका लागि समेत सेयर बजार सम्बन्धि चेतना मुलक कार्यक्रम आयोजना गरेको छ।

क्याम्पसको आयोजनामा भएको कार्यक्रममा विज्ञका रुपमा प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछाने सहित प्राध्यापक ड़ा. रामजी गौतमको समेत प्रस्तुतीकरण रहेको थियो। 
 

विज्ञहरुले बिद्यार्थीका लागि सेयर बजार के हो, सेयर बजारमा कसरी लगानी गर्न सकिन्छ र लगानी कसरी सुरक्षित गर्न सकिन्छ भनेर आफ्नो तर्फबाट तर्कहरु पेश गर्नुभएको थियो। 

कार्यक्रममा उठेका प्रश्नको जवाफ बिशाल कुमार अग्रवालले दिनुभयो भने समय सापेक्ष लागनीले भविष्यमा मुनाफा कमाउन सकिन्छ भन्ने तर्क बिजय प्रसाद लामिछानेले राख्नु भएको थियोI झन्डै अढाई घण्टा चलेको कार्यक्रममा क्याम्पसका पदाधिकारी र बिद्यार्थी गरि ७८ जनाको उपस्थिति रहेको थियो।