We are Open : Sunday - Friday/ 10:00AM - 5:30PM

news & events

अनलाइन सेक्युरिटीजद्वारा धनगढीका २ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाण्डौ।अनलाइन सेक्युरिटिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा आयोजित नवौं राष्ट्रिय अधिवेशनमा पूँजीबजार र अर्थतन्त्र विषयमा अधिवेशनमा उपस्थित सहभागीको लागि प्रशिक्षण कार्यक्रम दिन आमिन्त्रित गरिएकोमा गते साँझ ६ बजे पछि यस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख विजय प्रसाद लामिछानेबाट प्रशिक्षण गर्ने कार्यक्रम सम्पन्न भएकोे छ । 

उक्त कार्यक्रममा नेपालका सतहत्तरै जिल्लाका प्रतिनिधिको सहभागिता थियो । शेयर बजारले कसरी अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी  प्रस्तुतकर्ता द्वयले सहभागी सामु राखे । 

धनगढीको ओम पार्टी प्यालेस भएको कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ बिशाल कुमार अग्रवालले दिएका थिए ।  कार्यक्रम २ घण्टा चलेको थियो । 

यसैगरी हिजो(आइतबार) यस लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ऐश्वर्य बहुमुखी क्याम्पसमा प्रथम तथा तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीका लागि शेयर बजार सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको आयोजनामा भएको कार्यक्रममा विज्ञका रुपमा प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख विजय प्रसाद लामिछानेसहित प्राध्यापक ड़ा. रामजी गौतमको समेत प्रस्तुतीकरण थियो। विज्ञहरुले विद्यार्थीका लागि शेयर बजार के हो , कसरी लगानी गर्न सकिन्छ र लगानी कसरी सुरक्षित गर्न सकिन्छ भनेर आफ्नो तर्फबाट तर्कहरु पेश गरे ।  उक्त कार्यक्रममा क्याम्पसका पदाधिकारी र विद्यार्थी गरी ७८ जनाको उपस्थिति थियो । कार्यक्रममा उठेका प्रश्नको जवाफ बिशाल कुमार अग्रवालले दिएका थिए भने समय सापेक्ष लगानीले भविष्यमा मुनाफा कमाउन सकिन्छ भन्ने तर्क विजय प्रसाद लामिछानेले दाबी गरे । उक्त कार्यक्रम झण्डै अढाई घण्टा चलेको थियो ।