We are Open : Sunday - Friday/ 10:00AM - 5:30PM

news & events

अनलाइन सेक्युरिटिजले धनगढीमा सम्पन्न गर्यो पुँजी बजार सचेतना कार्यक्रम

अनलाइन सेक्युरिटिज लिमिटेडले पुँजी बजार सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको धनगढीको विभिन्न कलेज तथा संस्थाहरुमा यो कार्यक्रम आयोजना गरिएको हो । धनगढीमै प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा पुँजी बजार र अर्थतन्त्र विषयमा प्रशिक्षण कार्यक्रम गरिएको छ । यस कार्यक्रममा अमिन्त्रितका रुपमा अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवाल र कारोबार प्रमुख विजय प्रसाद लामिछानेबाट प्रशिक्षण दिइएको छ ।

कार्यक्रममा नेपालका सताहत्तरै जिल्लाका प्रतिनिधिको सहभागिता थियो । यस कार्यक्रममा सेयर बजारले कसरी अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी  प्रस्तुतकर्ताद्वयले दिएका थिए । धनगढीको ओम पार्टी प्यालेसमा भएको कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ विशाल कुमार अग्रवालले दिएका थिए । 

 यस्तै, सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै चैत १९ गते धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा एमबीएस प्रथम तथा तेस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीका लागि सेयर बजार सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न भएको अनलाइन सेक्युरिटिजले जानकारी गराएको छ ।

क्याम्पसको आयोजनामा भएको कार्यक्रममा विज्ञका रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछानेसहित प्राध्यापक ड़ा. रामजी गौतमले समेत प्रस्तुतीकरण दिएका थिए । विज्ञहरुले सेयर बजार के हो रु कसरी लगानी गर्न सकिन्छ र लगानी कसरी सुरक्षित गर्न सकिन्छ रु भन्ने लगायतका विषयमा आ–आफना भनाई राखे । कार्यक्रममा ७८ जनाको उपस्थिति थियो ।

अनलाइन सेक्युरिटिजले जारी गरेको सूचना यस्तो छ

यस अनलाइन सेक्युरिटिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कैलाली जिल्लाको धनगडीमा प्राज्ञिक बिद्यार्थी परिषद नेपालद्वारा आयोजित नवौ राष्ट्रिय अधिबेशनमा पुंजीबजार र अर्थतन्त्र बिसयमा अधिबेशनमा उपस्थित सहभागीको लागि प्रशिक्षण कार्यक्रम दिन अमिन्त्रित गरिएकोले मिति चैत्र १८ गते साझ ६ बजे पछि यस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछानेबाट प्रसिक्षण गर्ने कार्यक्रम सम्पन्न भयो I कार्यक्रममा नेपालका सताहत्तरै जिल्लाका प्रतिनिधिको सहभागीता थियो, कार्यक्रममा सेयर बजारले कसरि अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी  प्रस्तुतकर्ता द्वयले सहभागी सामु राख्नु भयो,

धनगडीको ओम पार्टी प्यालेश भएको कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ बिशाल कुमार अग्रवालले दिनु भएको थियो, कार्यक्रम २ घण्टा चलेको थियोI
 मिति २०७९/१२/१९ गते यस लिमिटेडको संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ऐश्वर्य बहुमुखी क्याम्पसमा MBS प्रथम तथा तेस्रो सेमेस्टर अध्यनरत बिद्यार्थी का लागि सेयर बजार सम्बन्धि चेतना मुलक कार्यक्रम आयोजना गरियो, क्याम्पसको आयोजनामा भएको कार्यक्रममा विज्ञका रुपमा प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछाने सहित प्राध्यापक ड़ा. रामजी गौतमको समेत प्रस्तुतीकरण थियो, विज्ञहरुले बिद्यार्थीका लागि सेयर बजार के हो , कसरि लगानी गर्न सकिन्छ र लगानी कसरि सुरक्षित गर्न सकिन्छ भनेर आफ्नो तर्फबाट तर्कहरु पेश गर्नु भयो, कार्यक्रममा क्याम्पसका पदाधिकारी र बिद्यार्थी गरि ७८ जना को उपस्थिति थियो, कार्यक्रम मा उठेका प्रश्न को जवाफ बिशाल कुमार अग्रवाल ले दिनु भयो भने समय सापेक्षलागनी ले भविस्यमा मुनाफा कमौना सकिन्छ भन्ने तर्क बिजय प्रसाद लामिछाने ले राख्नु भएको थियो, कार्यक्रम झन्डै अढाई घण्टा चलेको थियो I