We are Open : Sunday - Friday/ 10:00AM - 5:30PM
Call - 01-5970049
Mail - [email protected]
arthasansar.com
अनलाइन सेक्युरिटिज लिमिटेडले पुँजी बजार सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको धनगढीको विभिन्न कलेज तथा संस्थाहरुमा यो कार्यक्रम आयोजना गरिएको हो । धनगढीमै प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा पुँजी बजार र अर्थतन्त्र विषयमा प्रशिक्षण कार्यक्रम गरिएको छ । यस कार्यक्रममा अमिन्त्रितका रुपमा अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवाल र कारोबार प्रमुख विजय प्रसाद लामिछानेबाट प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा नेपालका सताहत्तरै जिल्लाका प्रतिनिधिको सहभागिता थियो । यस कार्यक्रममा सेयर बजारले कसरी अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी प्रस्तुतकर्ताद्वयले दिएका थिए । धनगढीको ओम पार्टी प्यालेसमा भएको कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ विशाल कुमार अग्रवालले दिएका थिए ।
Learn Moreaayoonews.com
काठमाडौको पुतली सडकमा केन्द्रिय तथा सुनसरीको धरानमा शाखा कार्यालयका साथै देशभरका बिभिन्न स्थानहरुमा शाखा कार्यालय रहेको अनलाइन सेक्युरेटीज लिमिटेड (ब्रोकर नम्बर–४९) ले धनगढीमा सेयर लगानीकर्ताहरु माझ पुजी बजार र अर्थतन्त्र बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका धरान शाखा प्रमुख सुजन निरौलाले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको ओम पार्टी प्यालेसमा प्राज्ञिक बिद्यार्थी परिषद नेपालले आयोजना गरेको नवौ राष्ट्रिय अधिबेशनकै क्रममा लिमिटेडले उक्त पुंजीबजार र अर्थतन्त्र बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । प्राज्ञिक बिद्यार्थी परिषद नेपालको नबौ अधिबेशनमा उपस्थित सहभागीको लागि प्रशिक्षण कार्यक्रम दिन अमिन्त्रित गरिएकोले गएको चैत्र १८ गते साझ ६ बजे पछि उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो क्रममा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछानेले प्रशिक्षण दिएका थिए ।
Learn Morearthabeat.com
काठमाण्डौ।अनलाइन सेक्युरिटिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा आयोजित नवौं राष्ट्रिय अधिवेशनमा पूँजीबजार र अर्थतन्त्र विषयमा अधिवेशनमा उपस्थित सहभागीको लागि प्रशिक्षण कार्यक्रम दिन आमिन्त्रित गरिएकोमा गते साँझ ६ बजे पछि यस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख विजय प्रसाद लामिछानेबाट प्रशिक्षण गर्ने कार्यक्रम सम्पन्न भएकोे छ ।
उक्त कार्यक्रममा नेपालका सतहत्तरै जिल्लाका प्रतिनिधिको सहभागिता थियो । शेयर बजारले कसरी अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी प्रस्तुतकर्ता द्वयले सहभागी सामु राखे ।
धनगढीको ओम पार्टी प्यालेस भएको कार्यक्रममा सहभागीले राखेका प्रश्नको जवाफ बिशाल कुमार अग्रवालले दिएका थिए । कार्यक्रम २ घण्टा चलेको थियो ।
Learn MoreNepse Alpha
अनलाइन सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४९) ले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कैलाली जिल्लाको धनगढीमा प्राज्ञिक बिद्यार्थी परिषद नेपालद्वारा आयोजित नवौं राष्ट्रिय अधिवेशनमा पूँजीबजार र अर्थतन्त्र बिषयमा अधिवेशनमा उपस्थित सहभागीको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा अनलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछानेले चैत्र १८ गते साझ ६ बजेपछि प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा नेपालका ७७ रै जिल्लाका प्रतिनिधिको सहभागीता थियो र कार्यक्रममा सेयर बजारले कसरी अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी प्रस्तुतकर्ता द्वयले सहभागी सामु राख्नु भएको थियो।
Learn Moreअनलाइन सेक्युरिटीज लिमिटेडको धरान शाखा कार्यालयले शेयर बजारको सचेतना अभियान ताप्लेजुङ्गमा सञ्चालन गर्ने भएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोवल मनि वीक २०२३ को सन्दर्भमा लगानीकर्ताहरुको शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै लगानीलाई सुरक्षित बनाउने उद्धेश्यका साथ ‘सचेतनामुलक कार्यक्रम’ गर्न लागेको बताएको छ ।
ताप्लेजुङ्ग उद्योग वाणिज्य संघ फुङलिङमा आगामी चैत्र ११ गते शनिबार बिहान ११ बजे सचेतना कार्यक्रम हुने अनलाइन सेक्युरिटीज प्रालिले एक विज्ञप्ती सार्वजनिक गर्दै जानकारी गराएको हो ।
Learn More