We are Open : Sunday - Friday/ 10:00AM - 5:30PM

news & events

अनलाइन सेक्युरिटीजले ताप्लेजुङमा सेयर बजार सचेतना तालिम दिने

 अनलाइन सेक्युरिटीज लिमिटेडको धरान शाखा कार्यालयले शेयर बजारको सचेतना अभियान ताप्लेजुङ्गमा सञ्चालन गर्ने भएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोवल मनि वीक २०२३ को सन्दर्भमा लगानीकर्ताहरुको शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै लगानीलाई सुरक्षित बनाउने उद्धेश्यका साथ ‘सचेतनामुलक कार्यक्रम’ गर्न लागेको बताएको छ ।

ताप्लेजुङ्ग उद्योग वाणिज्य संघ फुङलिङमा आगामी चैत्र ११ गते शनिबार बिहान ११ बजे सचेतना कार्यक्रम हुने अनलाइन सेक्युरिटीज प्रालिले एक विज्ञप्ती सार्वजनिक गर्दै जानकारी गराएको हो ।

शेयर बजार सचेतना कार्यक्रममा शेयर कारोबार कसरी गर्ने, प्राथमिक बजार तथा दोस्रो बजारमा प्रवेश तथा लगानी कसरी गर्ने, कम्पनी छनौट गर्ने तरिकाहरु, लगनीलाई सुरक्षित बनाउने उपायहरु, टेक्निकल तथा फण्डामेन्टल एनालाइसिसका टुल्सहरु र यसले बजारमा पार्ने प्रभाव, पोर्टफोलियो ब्यवस्थापन के हो र कसरी गर्ने, अल्पकालिन कारोबार र दीर्घकालीन कारोबारका फाइदा तथा बेफाइदाहरु, टिएमसको प्रभावकारी संचालन, कम्पनिका बितिय विवरण अध्ययन र त्यसले बजारमा पर्ने प्रभाव लगायतका विषयहरुमा छलफल हुने अनलाइन सेक्युरिटीजले जानकारी दिएको छ । कार्यक्रममा शेयर बजारको बारेमा जानकार व्यक्तिहरुबाट छलफल तथा प्रस्तुति रहने बताइएको छ ।

उक्त कार्यक्रममा शेयर बजारमा कारोबार गरिरहेका लगानीकर्ताहरु, नवप्रवेशी लगानीकर्ताहरु वा प्रवेश गर्न उपयुक्त समयको पर्खाइमा रहेका महानुभावहरु सबैको लागि प्रवाभकारी हुने दाबी आयोजकको छ । शेयर बजारसँग जानकार राख्ने जोसुकैले सहभागिता जनाउन सक्ने उक्त कार्यक्रममा सहभागी भए बापत कुनै शुल्क तिर्नु पर्ने छैन ।

ताप्लेजुङ्गबासीलाई सहज ढङ्गले सुलभ सेवा दिने उद्देश्यका साथ सञ्चालन हुने यस कार्यक्रमा इच्छुकहरुले सोही समयमा टिएमएस अकाउन्ट बनाउन पनि सक्ने अनलाइन सेक्युरिटीज धरान शाखा प्रमुख सुजन निरौलाले बताएका छन् ।

अनलाइन सेक्युरिटिज लिमिटेड ब्रोकर न ४९, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई २०६८ सालबाट सेयर कारोबार गर्दै आएको संस्था हो । अनलाइन सेक्युरिटीज लि।ले केन्द्रीय कार्यालय सहित हाल धरान, उर्लाबारी, नुवाकोट, बर्दिबास लगायतका शाखाहरुबाट ब्रोकर कार्यालयले प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।