We are Open : Sunday - Friday/ 10:00AM - 5:30PM

news & events

सामाजीक उत्तरदायित्व अन्तरगत अनलाइन सेक्युरेटीज लिमिटेड(ब्रोकर नम्बर–४९) ले देशभरी सेवा दिदै

काठमाडौको पुतली सडकमा केन्द्रिय तथा सुनसरीको धरानमा शाखा कार्यालयका साथै देशभरका बिभिन्न स्थानहरुमा शाखा कार्यालय रहेको अनलाइन सेक्युरेटीज लिमिटेड (ब्रोकर नम्बर–४९) ले धनगढीमा सेयर लगानीकर्ताहरु माझ पुजी बजार र अर्थतन्त्र बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका धरान शाखा प्रमुख सुजन निरौलाले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको ओम पार्टी प्यालेसमा प्राज्ञिक बिद्यार्थी परिषद नेपालले आयोजना गरेको नवौ राष्ट्रिय अधिबेशनकै क्रममा लिमिटेडले उक्त पुंजीबजार र अर्थतन्त्र बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । प्राज्ञिक बिद्यार्थी परिषद नेपालको नबौ अधिबेशनमा उपस्थित सहभागीको लागि प्रशिक्षण कार्यक्रम दिन अमिन्त्रित गरिएकोले गएको चैत्र १८ गते साझ ६ बजे पछि उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो क्रममा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछानेले प्रशिक्षण दिएका थिए ।

नेपालका ७७ जिल्लाकै प्रतिनिधिहरुको सहभागीता रहेको उक्त अभिमुखिकरणमा सेयर बजारले कसरि अर्थतन्त्रमा भूमिका खेलेको हुन्छ भन्ने कुराको जानकारी प्रस्तुतकर्ताद्वय अग्रवाल र लामिछानेले दिएका थिए भने २ घण्टासम्म् चलेको उक्त कार्यक्रकमा कार्यक्रमका सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ बिशाल कुमार अग्रवालले दिनु भएको थियो।

 

त्यसैगरी चैत्र १९ गते समेत अनलाइन सेक्युरेटीज लिमिटेड (ब्रोकर नम्बर–४९) ले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ऐश्वर्य बहुमुखी क्याम्पसमा एम बी एस प्रथम तथा तेस्रो सेमेस्टर अध्यनरत बिद्यार्थीका लागि सेयर बजार सम्बन्धि चेतना मुलक कार्यक्रम सम्पन्न गरीसकेको छ । उक्त क्याम्पसको आयोजनामा भएको कार्यक्रममा विज्ञका रुपमा प्रमुख कार्यकारी अधिकृत बिशाल कुमार अग्रवाल र कारोबार प्रमुख बिजय प्रसाद लामिछाने सहित प्राध्यापक डा रामजी गौतमको समेत प्रस्तुतीकरण थियो । कार्यक्रममा विज्ञहरुले बिद्यार्थीका लागि सेयर बजार के हो,कसरि लगानी गर्न सकिन्छ र लगानी कसरि सुरक्षित गर्न सकिन्छ भनेर आ आफनो तर्फबाट तर्कहरु पेश गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसका पदाधिकारी र बिद्यार्थीगरी करिब ८० जनाको सहभागीता रहेको थियो ।

 

यसैबीच सोही कम्पनीले गएको चैत्र ११ गते शनिबार संस्थागत सामाजीक उत्तरदायीत्व अन्तरगत नै बिश्व बित्तिय सप्ताह २०२३ को सन्दर्भ पारी ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपलिकाको उद्योण बाणिज्य संघको सभाहलमा “बित्तिय सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो । उक्त क्रममा कार्यक्रमका सभाअध्यक्षतामा कम्पनीका निबर्तमान अध्यक्ष तथा संचालक दिनेश शर्मा बिडारी प्रमुख अतिथि फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले कार्यक्रममा झुण्डयाईएको ब्यानर बाचन गरेर समुदघाटन गर्नु भएको थियो भने स्वागत मन्तब्य कम्पनीका धरान शाखा सुजन निरौलाले गर्नुभएको थियो । त्यस्तै अन्य अतिथिहरुमा सोही नगरपालिकाका उपप्रमुख भिमा देबि ओझा समेत गरी १६५ जनाको सहभागीता रहेको थियो ।

सो क्रममा पनि कम्पनीले बितिय सचेतना तथा सेयर बजार सम्बन्धि आधारभुत कुराहरुको जानकारी गराएका थिए । भने धरान शाखाका प्रमुख सुजन निरौलाले सेयर बजार र यसमा हुने कारोबार प्रकृया,प्राथमिक बजार र दोश्रो बजार, कम्पनि छनोट गर्ने तरिका, अल्पकालीन तथा दीर्घकालीन लगानीका फाइदा तथा बेफाइदा,टी एम एस को प्रभावकारी संचालन,किनबेच पस्चातको राफसाफ प्रकृया, कम्पनीको बित्तिय विवरण र यसले बजारमा पार्ने प्रभाव, फण्डामेन्टल तथा टेक्निकल एनलाइसिसका कुराहरु बारे आफना प्रस्तुती संगै जानकारी गराएका थिए ।

 

त्यसैगरि लगानि किन गर्ने,के मा लगानी गर्ने,आफना लगानीमा हुने जोखिम र यो जोखिम लाई कसरी न्युनि करण गर्न सकिन्छ सथै लगानी गर्दा ध्यान दिनु पर्ने कुराहरुको प्रस्तुति दिनेश शर्माले गर्नु भएको थियो । सो क्रममा कार्यक्रममा प्रमुख अतिथि अमिर मादेनले लगानी गर्दा बुझेर लगनि गर्नु पर्ने र आफना क्षमता अनुशार लगनि गर्नु पर्ने बताउनु भएको थियो । मेयर मादेनले हामी आफैले यस्तो कार्यक्रम गर्नु पर्ने तर यहाहरुले यसरी कार्यक्रम आयोजना गरेर लगनी तथा सेयर बजारको जनकारी गराइदिनु भएकोमा आयोजकलाई धन्यबाद भन्दै बितिय चेतना सबैलाई आवस्यक रहेको बताउनुभएको थियो ।

 

उक्त कार्यक्रममा उद्यमि,ब्यबसयी, ब्यपारी बर्ग, शिक्षक, विद्यार्थी , कर्मचारी तथा सर्वसाधारण को उपस्थिति रहेको थियो । त्यस्तै अनलाइन सेक्युरिटिजले ताप्लेजुङमा नै चैत्र ७ गते ३५ जना उद्यमि ब्यवसयी माझ कर्यक्रम गरेको थियो भने चैत्र ८ गते ताप्लेजुङका पत्रकारहरु माझ कार्यक्रम सम्पन्न गरेको थियो । त्यसै गरि चैत्र १० गते श्री भानु जन माबि मा कक्षा १२ का ४५ जना बिद्यार्थी हरु माझ कार्यक्रम गरेको थियो । उक्त क्रममा सोही दिन कम्पनीमा लगभग ६० जनाले टि एम एस समेत बनाउनुभएको थियो ।